पोखरामा स्कुल बस दुर्घटना अपडेट : आमा र छोराको मृत्यु

काठमाडौं । पोखरामा सोमबार बिहान ९ बजे भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना हुँदा सोही स्कुलकी कर्मचारी ३३ वर्षीया आरती विकको गण्डकी मेडिकल कलेज पुर्‍याउने बित्तिकै पौने १० बजे मृत्यु भएको हो । आरतीका छोरा अन्दाजी पाँच वर्षीय प्रिन्सको पनि उपचारका क्रममा ११ः४५ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । बसमा ३० जना सवार रहेकोमा बाँकी २८ जनाको पोखराका तीन अस्पतालमा उपचार हुँदैछ ।

पोखरा महानगरपालिका–२१ फुस्रेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा पोखरा–१७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना भएको हो । ग१क ६२१९ नम्बरको बस सडकबाट झन्डै ५० मिटर तल खसेको छ । बसमा चालक, सहचालक, अभिभावक र विद्यार्थी गरी ३० जना सवार थिए । घाइतेहरुलाई उद्धार गरेर गण्डकी मेडिकल कलेज, गण्डकी अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार जारी छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक मोहनकुमार थापाको कमान्डमा ५५ जना प्रहरी उद्धारमा खटिएका थिए ।

केही विद्यार्थीको अवस्था गम्भीर छ । अहिले गण्डकी मेडिकल कलेजमा पोखरा २१ कृस्तीकी ९ वर्षीय अनमोल विक, वर्ष ५ का रोशन बराल, वर्ष १४ का दिप्सन कार्की, वर्ष ६ की योना गुरुङ, वर्ष १३ की डिना गुरुङ, वर्ष १५ की प्रकृति गुरुङ, वर्ष ६ का प्रिन्स राना, वर्ष ७ की चिजा विक, वर्ष ९ का प्रवेश कार्की, वर्ष १२ की बिसिका पौडेल, वर्ष ११ की विश्वास पौडेल, वर्ष १२ की सिम्रन विक र वर्ष ११ का विवश खत्रीको उपचार भइरहेको छ । यसैगरी मणिपाल शिक्षण अस्पतालमा तीन जनाको उपचार भइरहेको छ । पोखरा २१ का ८ वर्षीय निशान सुनार र सोही ठाउँका ५ वर्षीय सागर थापाको उपचार मणिपालमा हुँदैछ । बसका चालक पोखरा–१७, वबिरौटा बस्ने ५५ वर्षीय टेकबहादुर भुजेलको पनि सोही अस्पतालमा उपचार हुँदैछ । भुजेलको अवस्था खतरामुक्त छ ।

बाँकी १२ घाइतेको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार हुँदैछ । पोखरा २१ की अनन्या पौडेल, वर्ष ३ की सिमन मगर, वर्ष ३ का न्युजन मगर, वर्ष ७ का रिजन मगर, वर्ष १२ का रामकृष्ण नेपाली, वर्ष २ का अंकित खत्री, वर्ष १४ की सीतादेवी विक, वर्ष ७ का अस्मित विक, वर्ष ३० की सुमित्रा सुनार, वर्ष २द का निर्दोष सुनार र वर्ष ११ का निश्चल सुनार पनि घाइते भएको छ । १४ वर्षीय सीतादेवी विक अर्कै विद्यालय छोरेपाटन माविकी विद्यार्थी भएको खुलेको छ । ३० वर्षीया सुमित्रा सुनार एलपी स्कुलकी अभिभावक छन् । सोही घटनामा घाइते एलपी स्कुलकी शिक्षक ३० वर्षीया सपना आलेको पनि पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर