सुन तोलामा चार सय वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य  बढेको छ । हिजो प्रतितोला एक लाख ४५ हजार ७ सय रुपैयाँ रहेको सुनको मूल्य आज चार सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४६ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार ४ सय रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७५० रुपैयाँ रहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर