निलम्बित मुख्य सचिव अर्याल ५० हजार रुपैयाँ धरौटीमा रिहा

काठमाडौं ।  अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।आइतबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई ५० हजार रुपैयाँ धरौटी तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

धरौटी रकम बुझाएर रिहा भएपछि विशेष अदालतबाट बाहिरिँदै गर्दा उनले फोटो पत्रकारहरूलाई तपाईँहरूको इच्छा पूरा भएन भन्ने प्रतिक्रिया दिए । अदालतमा फोटो खिच्दै गरेका पत्रकारहरुलाई उनले भने, ‘तपाईंहरूको इच्छा पूरा भएन ।’

मुख्य सचिव अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

सुरक्षण मुद्रण केन्द्रले ४३ करोड ३२ थान स्टिकर प्रतिथान ८९ रूपैयाँले छाप्नेगरी सम्झौता गरेको थियो । महंगोमा स्पष्टीकरण छापेको भन्दै मुख्य सचिव अर्यालविरुद्ध उजुरी परेको थियो । अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रूपैयाँ बिगो दाबी गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर