“सौर्यको जहाज सी चेक गर्न पोखरा किन लानुपर्ने छानबिन गर्नुपर्‍यो”

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेनद्र लिङदेनले सौर्य एअरको दुर्घटना हुनुको प्रमुख कारण सम्बन्धित निकायको लापरबाही भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा उनले भने, ‘भर्खरै भएको सौर्य एअरलाइन्सले सिचेक गराउन पोखरा नै लानुपर्ने ? काठमाडौंमा हुन नसक्ने हो कि होइन ? बुद्ध एअर र नेपाल एअरलाइन्सको ह्यांगरमा सिचेक गराउन सकिन्थ्यो कि सकिन्थेन ? सँगसँगै त्यति ठूलो संख्यामा कर्मचारी जानुपर्ने र गैरप्राविधिकलाईसमेत लैजानुपर्ने कारण के हो ?’
उनले भने, ‘को–को जाँदैछन् भनेर हेर्ने निकाय छ कि छैन ? हेर्नु पर्दथ्यो कि पर्दैनथ्यो ? असम्बन्धित मानिसहरु किन गए भन्ने कुरा उठिरहेको छ। यो सबै घटानालाई हेर्दा नियामक निकायको लापरवाही देखिन्छ नै।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर