परिरोबाट घाइते भएका दुई जनाको उद्धार

काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङलास्थित रेसेगाउँमा गएको परिरोमा परी गम्भीर घाइते भएका दुई जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ। आइतबार बिहान ३ बजे गएको पहिरोमा परी एकै घरका तीन जनासहित थप १ जनाको खोजी कार्य भइरहेको छ भने दुई जना घाइतेलाई स्थानीयले उद्धार गरी हेलिकोप्टरमार्फत काठमाडौंको टिचिङ अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आइतबार बिहान १०ः३० बजे कैलाश एअरको हेलिकप्टरमार्फत धार्चे गाउँपालिका–५ का कृषि फर्मका कामदार ३५ वर्षीय दिलीप गुरुङ र सोही ठाउँका २७ वर्षीय खमबहादुर गुरुङलाई उपचारको लागि काठमाडौं पठाइएको उनले बताए । पहिरो गएको ठाउँमा नेपाली सेना, नेपाली प्रहरी र स्थानीयहरु पुगेर घटनास्थलमा खोजी कार्य भइरहेको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर