सुन तोलामा एक हजार वृद्धि

काठमाडौं । आज साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्यमा तोलामा एक हजार वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ४५ हजार ७०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार ७३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर