गोरखाको धार्चे-५ मा पहिरो जाँदा पाँच जना बेपत्ता

काठमाडौं ।  गोरखाको धार्चे-५ मा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । पहिरोमा परेर धार्चेका एउटै परिवारका जितबहादुर गुरुङ, कान्छी गुरुङ र सुकलाल गुरुङ छन् । त्यसैगरी बेपत्ता हुने दुई जनामा वाटर इनर्जी हाइड्रोमा कार्यरत कर्मचारी रहेको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । पहिरोमा परी दिलीप गुरुङ र छमबहादुर गुरुङ घाइते भएका छन् ।

आज बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको थियो । पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए । (तस्बिरःसांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर