अर्थतन्त्र चलायमान बनाउने ढोकाहरू खोलियो : निर्माण उद्योग परिषद्

काठमाडौं । नेपाल निर्माण उद्योग परिषद्ले मौद्रिक नीतिले देशको अर्थतन्त्र चलायमान बनाउने ढोकाहरू खोलेको बताएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार ल्याएको चालु आर्थिक वर्ष २०८१(०८२ को मौद्रिक नीतिका बारेमा परिषद्को धारणा सार्वजनिक गर्दै परिषद्का महासचिव रामशरण देउजाले उक्त कुरा बताएका हुन् । उनले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले पार्ने प्रभाव र सम्बोधन सकारात्मक हुनेमा आफूहरू विश्वस्त रहेको बताए । महासचिव देउजाले सङ्कटको डिलमा पुगिसकेको परिस्थिति गहन अध्ययन गरेर मौद्रिक नीति आएको बताए ।

उनले विदेशी ऋणहरू क्रमशः घट्दै गएको परिस्थितिमा आन्तरिक श्रोतलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामा राष्ट्र बैंक गम्भीर रहेको पाएको पनि बताए । बजारमा पैसा पुर्‍याउने सरकारको पहिलो माध्यम निर्माण क्षेत्र रहेको भन्दै महासचिव देउजाले पैसा बजारमा जान बन्द भएको अवस्थामा अहिलेको अवस्थालाई बुझेर समस्या समाधान गर्ने गरी मौद्रिक नीति आएको बताए । उनले मौद्रिक नीतिले व्यवसायीहरू बाहिर निस्किने वातावरण सिर्जना गरेको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर