आज उपत्यकाका पालिकामा शोक बिदा

काठमाडौं । उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा आज शोक बिदा दिने निर्णय गरिएको छ ।

कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको बिहीबार मृत्यु भएकोमा आज आइतबार  शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा शोक बिदा दिने निर्णय गरेको हो ।

विसं २०२१ असार २० गते जन्मिएका नकर्मी २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर