नेपालका प्रिन्स र टेबल टेनिसका स्यान्टु पराजित

काठमाडौं । पेरिस ओलम्पिकअन्तर्गत नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र टेबल टेनिसका स्यान्टु श्रेष्ठ पराजित भएका छन् । गएराति भएको समूहको पहिलो खेलमा प्रिन्स सोझो सेटमा पराजित भए ।

समूह ‘पी’ मा रहेका प्रिन्स विश्व बरियतामा दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसनसँग ८–२१ र ६–२१ स्कोरसहित पराजित भएका हुन् । प्रिन्सले अझै दुई खेल खेल्न बाँकी छ । त्यसअघि हिजो भएको टेबल टेनिस खेलमा नेपालका स्यान्टु श्रेष्ठ पनि सोझो सेटमै पराजित हुँदै बाहिरीएका छन् ।

सेनगलका खेलाडी इब्राहिमा डियावसँग सोझो सेटमा पराजित भएसँगै स्यान्टुको ओलम्पिक यात्रा समाप्त भएको हो । पहिलो सेट १२–१० ले गुमाएका स्यान्टुले दोस्रो सेट ११–३, तेस्रो सेट ११–४ र चौथो सेट ११–५ ले गुमाए । स्यान्टु छनोट चरण पार गरेर ओलम्पिकमा पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर