गण्डकी प्रदेशसभाको नयाँ भवन निर्माण हुँदै

काठमाडौं । गण्डकी प्रदेशसभाको नयाँ भवन निर्माण प्रक्रिया अघि बढेको छ। शहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले बनाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बमोजिम ४४ करोड ९९ लाख ६० हजार तीन सय ७६ रुपैयाँ लागतमा भवन बनाउन लागिएको हो।

भवनको भुईँ तला एक हजार आठ सय छयालीस वर्गमिटर, पहिलो तला एक हजार चार सय छयानब्बे र दोस्रो तला सात सय उनन्चालीस वर्गमिटरका हुनेछ। नगर विकास प्रशिक्षण केन्द्रको साढे चार दशकअघि बनेको पुरानो भवनलाई जीर्णोद्धार गरी अहिले प्रदेशसभा सञ्चालन गर्दैआएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर