बेपत्ता बस खोज्न ठूलो चुम्बकीय उपकरणको प्रयोग गरिँदै

काठमाडौं । चितवनको सिमलतालमा आएको पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको दुईवटा बस खोज्नका लागि ठूलो चुम्बक मगाएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार सम्भावित स्थानमा बस रहे नरहेको पत्ता लगाउन भारतीय टोलीले ‘म्याग्नेटिक डिभाइस’ (चुम्बकीय उपकरण) मगाएको छ।
‘भारतबाट ४० किलोको चुम्बक आइपुगेको छ। आज १० बजेपछि त्यो चुम्बक लगेर नदीका संभावित स्थान खसालिनेछ। बस रहेछ भने त चुम्बक टाँसिइहाल्छ,’ उनले भने, ‘चुम्बकमार्फत फलाम रहेको थाहा भएमा गोताखोरलाई पानीभित्र पठाइनेछ।’ उनले शनिबार हराएका बस खोजीका लागि अन्तिम प्रयास हुन लागेको बताए।
‘आज दिनभरको प्रयासपछिमात्रै भोलीदेखि खोज्ने कि नखोज्ने भन्ने निर्णय गर्नेछौं,’ यादवले भने, ‘भारतबाट आएको टोलीलेसकेको प्रयास गरिरहेको छ। उहाँहरु आएको पनि एक हप्ता भइसक्यो। अन्तिम प्रयास पनि सफल भएन भने आगामी दिनमा के गर्ने भन्ने निर्णय गर्नुपर्छ।’
असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए। गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रू रहेको अनुमान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर