सुत्केरीको मृत्यु भएपछि पीडितका आफन्तले अस्पतालमा तोडफोड

काठमाडौं । बनेपाबनेपास्थित शिर मेमोरियल अस्पतालको आइसियुमा उपचार गराइरहेकी एक सुत्केरीको मृत्यु भएपछि पीडितका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।

साउन ९ गतेदेखि बनेपा नगरपालिका–३ नालाकी ३२ वर्षीया ईश्वरी सुन्दाश सुत्केरी गराउन अस्पतालमा भर्ना भएकी थिइन् । हिजो शुक्रबार दिउँसो उनले नर्मल डेलिभरीमार्फत छोरा पाएकी थिइन् । तर, सुत्केरी भएपछि उनको अवस्था गम्भीर बनेको थियो । रक्तश्राव धेर भएसँगै उनको पाठेघरको शल्यक्रियासमेत गरिएको थियो ।
शल्यक्रियापछि आइसियुमा राखेर उपचार भइरहेकोमा गएराति उनको मृत्यु भएपछि आफन्तहरूले डाक्टरहरूको लापरवाहीबाट सुत्केरीको मृत्यु भएको भन्दै आइसियुमा तोडफोड गरेका थिए । सुन्दाशको मृत्यु भएपछि पीडित पक्ष र अस्पतालबीच राति नै वार्ता भएको थियो । उक्त वार्तामा सहमति जुट्न नसकेपछि आज फेरि वार्ता हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर