सुन तोलामा तीन सय रुपैयाँ घट्यो

काठमाडौं । सुनको मूल्यमा गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो । अघिल्ला दिन अर्थात् बिहीबार १ लाख ४५ हजार रुपैयाँमा किनबेच भएको थियो । तर, आजका लागि भने छापावाला सुनको भाउ १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुनको भाउ भने १ लाख ४४ हजार रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुन १ लाख ४४ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँ घटेर १ हजार ७३० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन भने १ हजार ७५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर