आखेटोपहार ओसारपसार गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तु सालकको आखेटोपहार ओसारपसार गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले ६ जनालाई पक्राउ गरेको छ ।पक्राउपर्नेमा नुवकोट बेलकोटगढी नगरपालिका-१३ का निरन भड्ताल, सोही ठाउँका रामचन्द्र सुनार, वडा नं. ६ का विक्रम गहतराज, नुवाकोट विदुर नगरपालिका- १२ का रामवहादुर मिजार, बागेश्वरी गाउँपालिकाका रामकुमार सुनार र लिखु गाउँपालिका- ५ का रामकृष्ण मिजारलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ तैनाथ नयाँ गोरखगणको संयुक्त अपेशन टोलीले विशेष सूचनाका आधारमा भरतपुरको वडा नं. ८ मा स्थित बरण्डाभार मध्यवर्ती उपभपोक्ता समितिको क्षेत्रबाट दुईजनालाई पक्राउ गरेको थियो ।

बा.३८प ९३३२ नम्बरको कालो रंगको होण्डा साईन माटरसाईकलमा आइरहेका दुईजनालाई जाँचगर्ने क्रममा उनीहरुको झोलाबाट संरक्षित वन्यजन्तु सालकजस्तो देखिने आखेटोपहार भेटिएको थियो । बरामद गरिएको बस्तुसहित नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं. १३ का निरन भड्ताल र सोही वडाका रामचन्द्र सुनारलाई पक्राउ गरेको हो । अन्यलाई भने भड्ताल र सुनारले दिएको बयानको आधारमा पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर