आज ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकको उद्घाटन हुँदै

काठमाडौं ।  ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकको उद्घाटन आजदेखि हुँदैछ । ओलम्पिकअन्तर्गत महिला फुटबलका खेल आजदेखि शुरु हुँदैछ । महिला फुटबलमा आज राति ६ वटा खेल हुँदैछन् । राति पौने ९ बजे समूह ‘ए’ का क्यानडा र न्युजिल्यान्ड तथा समूह ‘सी’ का स्पेन र जापान खेल्दैछन् । यस्तै राति पौने ११ बजे समूह ‘सी’ कै नाइजेरिया र ब्राजिल तथा समूह ‘बी’ का जर्मनी र अस्ट्रेलिया खेल्दैछन् ।

यसैगरी राति पौने १ बजे समूह ‘बी’ का अमेरिका र जाम्बिया तथा समूह ‘ए’ का फ्रान्स र कोलम्बिया खेल्दैछन् । महिला फुटबलमा १२ वटा टोलीलाई तीन वटा समूहमा विभाजन गरिएको छ । ओलम्पिकमा २३ वर्षमुनिको टोलीबीच प्रतिस्पर्धा हुने गर्दछ जसमा २३ वर्षमाथिका तीन जना खेलाडी मात्र समावेश हुन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर