प्रचण्डबारे कुकुल्याण्डको खुलासा देशकै निम्ति लज्जाबोध : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले टेलिकम भ्रष्टाचारमा अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको संलग्नतासम्बन्धी “कुकुल्याण्ड” पुस्तकले गरेको खुलासालाई नेपालकै निम्ति निकै दुःखद र लज्जाको विषय भएको जनाएका छन्।
टेलिकम कम्पनीहरू स्थापना, शेयर खरिदबिक्री र नवीकरणका बेला हुने अनियमिततामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमेत जोडिएको विषयमा भट्टराईले हिजो बिहीबार आफ्नो धारणा सार्वजनिक गरेका छन् । आफ्ना पूर्वसहकर्मीको नाम उल्लेख नगरी भट्टराईले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “नेपालको निम्ति निकै दुःखद र लज्जाको विषय यहाँका केही व्यवसायी र देशको प्रमुख कार्यकारी पदमा बसेका व्यक्ति पनि अन्तर्राष्ट्रिय गिरोहसँग जोडिएको र गम्भीर प्रकृतिका अनुचित र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप किताबमा लगाइएको छ।”

बेलायती पत्रकार टमले बरगिसले “कुकुल्याण्ड” मा दशक लामो सशस्त्र द्वन्द्वको नेतृत्व गरेका दाहालसँग राजावादीहरूको निकट मानिएका अजेय सुमार्गीको निकटता मात्रै होइन टेलियासोनेराको हेलो नेपालमा भएको लगानी, एनसेल खरिदबिक्री प्रकरण आदिमा उनीहरूको संलग्नता देखाएका छन्।

कुकुल्याण्ड ःह्वेर द रिच अन द टुथ पुस्तकमा आधारित भएर नेपाली न्युज पोर्टललगायतका अन्य सञ्चारमाध्यमले टेलिकम भ्रष्टाचारमा दाहाल जोडिएको समाचार गत चैतमा प्रकाशित गरेको थियो। साढे तीन महिना भइसक्दा पनि दाहालले उक्त पुस्तक र सामाचारमा उल्लेखित आरोपको खण्डन गर्न नसकेका बेला भट्टराईले यो प्रकरणलाई देशकै निीम्त लज्जाको विषय भनेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर