रास्वपाद्वारा उपसभामुख रानामगरको थप प्रतिरक्षा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई भिसाका लागि अन्तर्वार्ताको मिति व्यवस्थापन गर्न गरेको सिफारिसको पत्रको बारेमा त्यसको कानूनी औचित्य नभएको भनी प्रतिरक्षा गरेको छ ।

पार्टीको बिहीबार बसेको केन्द्रीय कार्य समितिको बैठको निर्णय सार्वजनिक गर्दै कार्यवाहक प्रवक्ता मनीष झाले उपसभामुखले लेखेको भनिएको पत्र अमेरिकी दूतावासमा दर्ता नै नभएको दाबी गर्दै सो पत्र कार्यान्वयनमा नै नगएको दाबी गरे । झाले पैसाको कारोबार नै नभएको बताउँदै भने, ‘यो पत्र १८ महिना अगाडि लेखिएको रहेछ, हामीले आफ्नो स्रोतबाट बुझ्दा अमेरिकी दूतावासमा रजिस्टर पनि नभएको र त्यसैले गर्दा त्यसमा सिफारिस गरिएअनुसार कसैको काम नभएको पाइएको छ।’
उनले संसद सचिवालय र राज्य व्यवस्था समितिमा परेको उजुरीमा के हुन्छ त्यसमा आफूहरू सचेत भएर बसेको बताए । उपसभामुख रानामगरले आफू बाहेक पाँच जना अमेरिकामा एक कार्यक्रममा जान अन्तर्वार्ताको समय तुरुन्त मिलाई दिने गरेको सिफारिसको पत्र सार्वजनिक भएपछि विवादमा परेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर