नेपाली महिला क्रिकेटरको भनाइ : “कमी, कमजोरीलाई सुधार्छौँ”

काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम स्वदेश फर्किएको छ। नेपाली टोलीलाई बिहीबार क्रिकेट संघ क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे । आठ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले तीन खेल खेलेको थियो ।

समूह चरणका तीन खेलमा एक जित र दुई हार खाएको नेपालले भारत र पाकिस्तानजस्ता बलिया प्रतिद्वन्द्वीसँग खेलेको थियो । नेपाल फर्किएपछि नेपाली राष्ट्रिय महिला क्रिकेटकी कप्तान इन्दु बर्माले एसिया कपजस्तो ठूलो खेल खेल्न पाउँदा निकै उत्साहित भएको बताइन्।

उनले खेलमा सक्दो प्रयास गरे पनि सोचेजस्तो नजिता हासिल गर्न नसकिएको बताइन् । बर्माले फिटनेश, बलिङ र व्याटिङमा निकै सुधार गर्नुपर्ने देखिएको उल्लेख गरिन् । नेपाली टिमले समूह चरणको पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको नेपाल तेस्रो खेलमा भारतसँग ८२ रनले पराजित भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर