अमेरिकामा इजरायली प्रधानमन्त्री नेतन्याहूको विरोध

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी संसदमा उभिएर गाजामा कारबाही नरोकिने बताएका छन् । अमेरिकी संसदको संयुक्त बैठकमा सम्वोधन गर्दै नेतान्याहुले हमासमाथिको कारबाही नरोकिने प्रष्ट पारेका हुन् । नेतान्याहुको अमेरिकी कांग्रेसमा यो चौथो पटकको सम्बोधन हो । व्यापक विरोध र बहिस्कारकाबीच अमेरिकी कंग्रेसको संयुक्त सभामा बोल्न पुगेका नेतन्याहूले हमासलाई सफाया नगरेसम्म कारबाही नरोकिने बताएका हुन् ।

नेतन्याहूले यसो भनिरहदा सत्तारुढ डेमोक्र्याटिक पार्टीकै धेरै सांसदले उठेर विरोध जनाएका थिए । कतिपय सांसदले भने बैठक नै बहिस्कार गरेको बीबीसीले जनाएको छ । सांसदहरुले आफूहरु हिंसा र नरसंहारको विरोधी भएको भन्दै नेतान्याहुको विरोध गरेका थिए । सांसदहरुले नेतान्याहुलाई युद्ध अपराधीको संज्ञा दिएका थिए । कांग्रेस भवनभित्र विरोध गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेतन्याहूले भने इजरायली कारबाहीको विरोध गर्नेहरूले इरानको समर्थन गरेको प्रतिक्रिया दिए । उनले इरान अमेरिकाको समेत दुश्मन रहेको भन्दै आफूहरूको लडाइँ अमेरिकाको पनि रहेको जिकिर गरे । हमासमाथिको जितलाई अमेरिकाले पनि आफ्नो जित ठान्नु पर्ने नेतान्याहुको भनाई थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर