१९८ मार्फत विभिन्न सेवा प्रदान गर्दै नेपाल टेलिकम

काठमाडौं ।  नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम (FTTH) इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुबिधा थप गरेको छ । नेपाल टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी फाइबर टु द होम जडान अनुरोध दर्ता गर्नेदेखि आफ्नो आवश्यकता अनुसारका FTTH सेवाका प्याकेजहरु परिवर्तन समेत गर्न सक्नेछन् ।

यसैगरी नेपाल टेलिकमले सोही ग्राहक सेवा नम्बर १९८ मार्फत आफ्ना टेलिभिजन सेवा (NTTV) का ग्राहकहरुका लागि आफ्नो आवश्यकता अनुसार आलाकार्टा (A’la Carte) शुल्क प्रणाली बमोजिमका Basic तथा Premium Package खरिद गर्न सकिने व्यबस्था गरेको छ । ग्राहकले १९८ डायल गरी आलाकार्टा प्रणालीका टेलिभिजन प्याकेजहरु subscription गर्नका साथै प्याकेज परिवर्तन पनि गर्न सक्नेछन् ।

यस सेवा सञ्चालनसँगै FTTH सेवाका प्याकेज परिवर्तनका लागि नेपाल टेलिकमको काउन्टरसम्म पुग्नु पर्ने अवस्थाको अन्त्य भई ग्राहकको समय तथा श्रमको बचत हुने विश्वास कम्पनीको रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर