कोइराला-गगन समूहद्वारा सम्मानजनक हिस्साको खोजी

काठमाडौं । नेपाली कांग्रेसभित्र प्रदेश सरकारमा मन्त्री छनोटको विषयमा असन्तुष्टि देखिएको छ। सभापति शेरबहादुर देउवाले प्रदेश सरकारमा मुख्यमन्त्री र मन्त्रीहरुको छनोट गर्दा आफूसँग सल्लाह नै नगरेको नेता शेखर कोइरालाले बताएका छन्। यही विषयमा नेता कोइरालाले आफ्नो समूहका नेताहरुसँग मंगलबार छलफल गरेका थिए। वशालनगरस्थित किोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलगायत सहभागी भएको बैठकमा शेखर–थापा गूटले कोशीमा २, बागमतीमा ३, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ जना मन्त्री पाउनुपर्ने तर्कवितर्क गरेको कोइराला निकटवर्ती सूत्रले जनाएको छ ।

शेखर–गगन गूटका एक नेताले आफ्नो नाम उल्लेख नगरीकन भने, “हाम्रो असन्तुष्टिका सम्बन्धमा शेखरबाबुले सभापति शेरहादुर देउवासँग टेलिफोनमार्फत कुरा गरिसकेका छन्। सम्भवतः सभापतिजीले आवश्यक विचार–विमर्श गरिरहनु भएकै होला ।” शेखर–गगन गूटको असन्तोष बाहिर आएपनि सभापति देउवाको तर्फबाट यससम्बन्धमा कुनै प्रतिक्रिया बाहिर आएको छैन । तर पार्टी सभापति देउवाले कुनै जवाफ दिएका छैनन्। कोइराला-गगन समूहले सम्मानजनक हिस्सा खोजेको छ। (तस्बिरःफाइल)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर