घाइते क्याप्टेनको अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीेले आज बुधबार केएमसी अस्पताल सिनामंगलमा गएर सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्था बुझेका छन् ।

प्रधानमन्त्री ओलीले घाइते क्याप्टेन शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना गरे । काठमाडौैंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एअरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।विमानमा सवार १८ जनाको शव शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ । त्यहाँ तीन दिनभित्र पोस्टमार्टम गरिसकेपछि मात्रै आफन्तलाई शव जिम्मा लगाइने छ । सौर्य एअरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर