दुर्घटनाग्रस्त सौर्य एअरका पाइलटको आइसीयूमा उपचार, अवस्था खतरामुक्त

काठमाडौं । त्रिभुवन विमानस्थलमा नजिकै भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनीषरत्न शाक्यलाई सघन उपचार कक्ष (आइसीयू) मा सारिएको छ। उनको काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको छ।
अस्पतालका एक चिकित्सकले दिएको जानकारीअनुसार पाइलट शाक्यको टाउको र शरीरमा चोट लागेको छ। उनलाई आकस्मिक कक्षबाट आइसीयूमा थप उपचारका लागि सारिएको हो।

“आइसीयूमा सार्नुअघि उहाँ (पाइलट शाक्य) को एमआरआइ र सिटी स्क्यान गरिएको थियो। सो क्रममा मस्तिष्क केही सुन्निएको पाइएको छ”, ती चिकित्सकले भने, “उहाँको टाउकोमा चोट छ भने शरीरका अन्य भागमा पनि चोट छ।” उनको अवस्था खतरामुक्त भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर