सेयर बजार १६ अर्बभन्दा माथिको कारोबार

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.३२ अकंले घटेर २५३६.११ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको ३६ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३४ करोड २२ लाख रुपौयाँको सेयर कारोबार भएको छ । अपर तामाकोशीको २९ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल तराई र एसिएन हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानी कर्ताले १० प्रतिशतका दरले कमाएका छन् । चन्द्रगिरी हिल्सका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । समृद्धि फाइनान्सका लगानी कर्ताले ९्.६५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै चिरख्वा हाइड्रोका लगानी कर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानी कर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर