बागमती प्रदेशमा नवनियुक्त मन्त्रीहरुको शपथ

काठमाडौं । बागमती प्रदेशमा नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधुकुमार श्रेष्ठ विनाविभागीय मन्त्री नियुक्त भएका छन् । उनीहरुको जिम्मेवारी पछि तोकिनेछ । त्यस्तै एमालेका ६ मन्त्रीले पनि शपथ लिएका छन् । एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापामगरले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रीको शपथ लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर