दुर्घटनाग्रस्त जहाजका अधिकांश यात्रीको मृत्यु भएको आशंका

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एअरलाइन्सको विमान दुर्घटनामा अधिकांश यात्रुको मृत्यु भएको उद्धारकर्ताहरुले बताएका छन्। विमानमा १९ जना यात्री रहेको विवरणहरु आइरहेका छन्। उद्धारकर्ताहरुले केही शव निकालेका छन् र उद्धार जारी छ। क्याप्टेन मनिष शाक्यको भने जीवितै उद्धार गरी केएमसी अस्पताल सिनामंगल लगिएको छ।
सौर्य एअरलाइन्सका अनुसार पोखरामा रहेको अर्को जहाज मेन्टेनेन्सको लागि कर्मचारीहरू लैजान लागिएको थियो। जहाजमा अधिकांश इन्जिनियर र प्राविधिकहरू थिए। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् ।

विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेकाे अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । उनले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताए । प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर