काठमाडौंमा सौर्य एअरलाइन्सको जहाजमा आगलागी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएको छ । जहाज ठोक्किएर दुर्घटनाग्रस्त हुँदा विमानमा आगो लागेको विराटनगर जान लागेका एक यात्री कर्जा तथा निक्षेप सुरक्षण कोषका सीईओ रमेश घिमिरेले जानकारी दिए । अहिले अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । जहाज दुर्घटनापछि उडान र अवतरण गर्न लागेका सबै जहाजहरु रोक्किएका छन् । उड्न तयारी अवस्थामा रहेका यात्रुहरु जहाजभित्रै रहेका छन् भने बाहिरबाट आएका जहाजहरु पनि होल्ड गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर