भारतले नेपाललाई सात अर्ब भारतीय रुपैयाँ अनुदान दिने

काठमाडौं । आर्थिक वर्ष २०२४/०२५ मा भारत सरकारले नेपाललाई सात अर्ब भारतीय रुपैयाँ  अनुदान दिने भएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार संसद्मा बजेट प्रस्तुत गर्दै वार्षिक बजेटमा नेपाललाई सात अर्ब भारतीय रुपैयाँ अनुदादन दिने उल्लेख गरेकी हुन् ।

यो रकम चालू आर्थिक वर्षमा दिएको भन्दा ५० करोड भारतीय रुपैयाँले धेरै हो । भारतले आर्थिक वर्ष २०२४/०२५ मा भुटानलाई २० अर्ब ६८ करोड भारु अनुदान उपलब्ध गराउने बजेटमा उल्लेख छ ।

यस्तै भारतको आउँदो वर्षको बजेटमा मालदिभ्सलाई चार अर्ब, म्यानमारलाई दुई अर्ब ५० करोड, श्रीलंकालाई दुई अर्ब ४५ करोड, अफगानिस्तानलाई दुई अर्ब, बंगलादेशलाई एक अर्ब २० करोड, अफ्रिकी देशलाई दुई अर्ब र मंगाेलियालाई पाँच करोड भारु अनुदान उपलब्ध गराउने उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर