टीआरसी विधेयकमा दलहरू सहमति नजिक

काठमाडौं ।  सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलले बुधबारसम्म अन्तिम निष्कर्ष निकाल्ने भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कार्यदलका सदस्य एवं गृहमन्त्री रमेश लेखक, महेशकुमार बर्तौला र जनार्दन शर्माको टोलीले सो विषयमा मंगलबार छलफल गरेको हो।

बैठकमा टिआरसी विधेयकसम्बन्धी सहमति हुन बाँकी केही बुँदाहरूमा छलफल भएको र बुधबार बैठक बसेर त्यसलाई टुङ्ग्याइने बताइएको छ। बैठकबारेमा  नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले एकाध बुँदाहरू टुङ्ग्याउन बाँकी रहेकाले बुधबार पुनः बैठक बसेर अन्तिम रूप दिने बताए।

कार्यदलका सदस्य एवं सत्तापक्षका प्रमुख सचेतक महेशकुमार बर्तौलाले संक्रमणकालीन न्यायलाई प्रभावकारी ढंगबाट पीडितलाई केन्द्रमा राखेर टुंग्याउने बताए। मानव अधिकारको उल्लङ्घनको घटनामा मेलमिलापको लागि पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्ने विषय र घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत नै तोकेर जाने भन्ने विषयबारे दलहरूबिच मतभेद छ यि सबै विषया ७० प्रतिशत सहमति जुटिसकेको प्रमुख सचेतक बर्तौलाले बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर