बागमतीमा कांग्रेसका लामाद्वारा मुख्यमन्त्रीमा दावी पेश

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश प्रमुख कार्यालयमा एमाले र कांग्रेसका ६४ संसदको समर्थनमा लामाले मंगलबार मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।
लामालाई मुख्यमन्त्री नियुक्त गर्न नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदले हस्ताक्षर गरिएको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, एमाले संसदीय दल नेता जगन्नाथ थपलियालगायत दाबी पेश गर्न उपस्थित थिए ।

१ सय १० प्रदेशसभा सदस्य रहेको बागमतीमा मुख्यमन्त्रीका लागि बहुमत जुटाउन ५६ मत आवश्यक पर्छ । जुन सहज रुपमा पुगेको छ । यसअघि बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन ८ गते साँझ ५ बजेभित्र संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर