खपत कम भएपछि कुखुराको मासुको मूल्य घटाए

काठमाडौं । मूल्य बढेर खपत कम भएपछि व्यवसायीहरूले कुखुराको मासुको मूल्य घटाएका छन् । साउन लागेसँगै मासु खपत कम भएकाले मूल्य प्रतिकिलो ८० रुपैयाँले घटाइएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बेलबासेले जानकारी दिए ।

जसअनुसार गत महिना ४२० रुपैयाँ प्रतिकिलो पर्ने मासुको खुद्रा मूल्य हाल घटेर ३४० रुपैयाँ कायम भएको छ । अहिले उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै कुखुरा खपत भएको उनको भनाइ छ । अहिले अण्डा पनि महँगिएको छ । खुद्रामा उपभोक्ताले प्रतिक्रेट ५ सय ८० रुपैयाँ तिर्नु परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर