बाइडेन अमेरिकाको इतिहासमा सबैभन्दा खराब राष्ट्रपति : ट्रम्प

काठमाडौं । अमेरिकामा आगामी नोम्बर महिनामा हने राष्ट्रपतीय चुनावबाट डेमोक्र्याटिक पार्टीको उम्मेदवार वर्तमान राष्ट्रपति जो बाइडेन बाहिरिएपछि उनका प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्रतिक्रिया दिएका छन्।

डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा धेरै पोस्ट सेयर गरेका छन् । उनले पोस्टमा बाइडेन चुनावी मैदानबाट बाहिरिएकोमा आफ्नो खुसी व्यक्त गरे भने, “कुटिल जो बाइडेन राष्ट्रपतिको लागि उम्मेदवार हुन योग्य छैनन्, उनी निश्चित रूपमा सेवा गर्न योग्य छैनन् र कहिल्यै थिएन ।”

उनले बाइडेनको निर्णयप्रति सन्तुष्टि व्यक्त गर्दै बाइडेनलाई कहिल्यै पनि राष्ट्रपति पदका लागि छान्नु नहुने बताए । ट्रम्पले भने, ‘बाइडेन अमेरिकाको इतिहासमा सबैभन्दा खराब राष्ट्रपति हुन् । हाम्रो देशलाई यति धेरै हानि पुर्‍याएको कुनै पनि राष्ट्रपति भएको छैन, चाहे त्यो ऊर्जा स्वतन्त्रता होस् वा लाखौं र लाखौं अवैध आप्रवासीहरू ।”

बाइडेनको घोषणाबाट उनी छक्क परेको हो भनी सोध्दा उनले भने, “बाइडेन, पहिलो ठाउँमा त्यहाँ कहिल्यै हुनुहुँदैनथ्यो”, ट्रम्पले थप भने, “उनी आफ्नो घरमा बस्नुपर्थ्यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर