साउनको पहिलो सोमबार शिव मन्दिरहरुमा भक्तजनको घुइँचो

काठमाडौं । साउनको पहिलो सोमबार आज पशुपतिनाथलगायतका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । साउन महिना र सोमबारको दिनलाई भगवान् शिवको विशेष महिना र बार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन आज पशुपतिनाथलगायतका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको हो ।

शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको घुइँचो लागेको हो । साउन महिनाको सोमबार व्रत बसेर शिवको पूजा आराधना मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

साउन महिनामै देशका विभिन्न शिवालयहरुमा दर्शन गर्न बोलबम यात्रा गरिन्छ । बोलबममा खाली खुट्टा हिँडेर काठमाडौंको सुन्दरीजलस्थित बागमतीको पवित्र जल पशुपतिनाथमा ल्याएर चढाउने गरिन्छ । साउन महिनामा हिन्दु धर्माबलम्बी महिलाले सुख, शान्ति र समृद्धिको प्रतीक हरियो बस्त्र र चुरा पोतेमा सजिएर व्रत बस्दै भगवान शिवको आराधना गर्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर