सोमबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य सर्वाधिक बढी मूल्यमा यथावत् रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारको मूल्य थपघट भएको छ। आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा रहेको छ । अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो। युरो १ को खरिदर १४५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९६ पैसा छ । पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ २६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६७ पैसा छ । कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ र बिक्रीदर ४३८ रुपैयाँ ९७ पैसा छ भने बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३० र बिक्रीदर ३५५ रुपैयाँ ८९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर