महिला एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको  दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै सप्पन्न खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको हो ।

जितको लागि नेपालले दिएको एक सय नौ रनको  लक्ष्य पछाएको पाकिस्तान ११ दशमलव पाँच ओभरमा एक विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । पाकिस्तानका लागि गुल फिरोजाले ३५ बलमा १० चौकाको मद्दतमा सर्वाधिक ५७ रन बनाइन् । यसैगरी मुनिबा अलीले अविजित ४६ रनमा बनाइन । नेपालका लागि एक मात्र विकेट कविता जोशीले लिइन् ।त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय आठ रन बनाएको थियो । नेपालको लागि कविताले २३ बलमा चार चौका र एक छक्काको सहयोगमा ३१ रन बनाइन् भने सीता रानामगरले २६, पूजा महतोले २५ र कविता कुँवरले  १३ रन जोडे ।

पाकिस्तानका लागि सादिया इकबालले सर्वाधिक दुई विकेट लिइन भने  फातिमा सानाले एक एक विकेट लिइन । यस खेलसँगै समूह ‘ए’ मा दुवै टोलीको दुई खेलबाट समान दुई दुई अङ्क जोडेका छ्न । पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले हराउँदा पाकिस्तान भारतसँग सात विकेटले पराजित गरेको थियो । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही साउन आठ गते  भारतसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर