प्रतिनिधिसभाबाट प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आज आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि सदनको विश्वास छ भन्ने प्रस्ताव प्रस्तुत गर्दा प्रस्तावको पक्षमा  १८८ मत परेको छ । प्रतिनिधिसभाको आजको बैठकमा २६३ जना सदस्य उपस्थित थिए । प्रस्तावको विपक्षमा ७४ मत परेको छ । मत दिन्न भन्ने पक्षमा  १ मत परेको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा उपस्थित सदस्यको संख्याको आधारमा बहुमत भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको विश्वासको मत पारित भएको घोषणा गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर