प्रधानमन्त्री ओलीविरुद्धको मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्त बदर गर्न माग गरिएको मुद्दाको रिट संवैधानिक इजलासमा पठाउन आदेश जारी गरिएको छ । ओलीको प्रधानमन्त्री नियुक्ति संविधानबमोजिम नभएको भन्दै नियुक्ति र शपथ बदरको माग गर्दै गत सोमबार सर्वोच्चमा रिट दायर भएको थियो ।

उक्त मुद्दाको रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले ओलीविरुद्धको मुद्दा संवैधानिक इजलासमा पठाएको हो । अधिवक्ता खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै उपधारा ३ अनुसार नयाँ प्रधानमन्त्री नियुक्ति गर्न माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर