नेप्सेमा ६१.६१ अंकको वृद्धि, १५ अर्ब २३ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेर बन्द भएको छ । आज नेप्से ६१.६१ अंकले बढेर दुई हजार चार सय ८५ दशमलब ९४ विन्दुमा बन्द भएको हो ।  नेप्सेमा आज १५ अर्ब २३ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १८१ वटाको बढेको छ भने ५६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सात कम्पनीको शेयरमूल्य ९ प्रतिशत र दुई कम्पनीको ८ प्रतिशतले शेयरमूल्य बढेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । यसका साथै आज सोल्टी होटल लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३४ करोड १० लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर