बागमतीका मुख्यमन्त्रीले आफ्नो पदबाट राजीनामा गर्दै

काठमाडौं । बागमती प्रदेशसभाका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन् । सो प्रयोजनका लागि आज प्रदेशसभाको बैठक बस्दै छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन भन्दै यसअघि प्रदेशसभा सचिवालय बैठकमा समय व्यवस्थापनका लागि पत्र दर्ता गराएपछि प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले बागमती प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव राखेपछि विश्वासको मतमाथिको छलफलमा दलका नेताहरूले बोल्ने कार्यक्रम तय भएको जानकारी दिए । यसैबीच मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने गरी मतदानमा जाने सम्भावना कम हुँदै गएको छ । अल्पमतमा परेसँगै मुख्यमन्त्री जमरकट्टेल अविश्वासको प्रस्ताव वा राजीनामा भन्ने बारेमा अलमलमा पर्दै आएका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभा बैठकमा आफ्नो भनाइ राख्ने र पदबाट राजीनामा दिने गरी सत्ता गठबन्धनमा रहेका दलहरूबिच पछिल्लो पटक छलफल भएको थियो । सोहीअनुसार मुख्यमन्त्रीले प्रदेशसभाबाटै पदबाट राजीनामा दिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर