दोलखा भीमसेनलाई पसिना आयो, अनिष्ट हुने संकेत

काठमाडौं । दोलखाको प्रसिद्ध दोलखा भीमसेनको शिलाको मूर्तिमा आज शनिबार मध्याह्न पसिना आएको छ । भीमसेन महाराजलाई विशेष अवूथामा मात्र पसिना आउने गरिन्छ । दोलखाका डीएसपी युवराज खड्काका अनुसार भीमसेनको शिलामा शनिबार दिउँसो पौने २ बजे पसिना आएको पूजारीलगायत सर्वसाधारणले देखेर अनिष्ट हुने भया ेभन्दै होहल्ला गरेपछि क्षमा माग्न गुठी र श्रद्धावान मानिसहरू भेला भएर बाजागासहित भजनकीर्तन गरेका थिए । कतिपयले “क्षमा महाराज, क्षमा महाराज, क्षमा महाराज” भनेर ठूलो स्वरमा माफी मागेका थिए ।
भीमसेनको शिलामा ‘पसिना’ आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टसहित सबै प्रकारका बाजा बजाउने गरिन्छ। शिलामा आएको पसिनालाई कपासले पुछेर मन्दिरपरिसरमा उपस्थित दर्शनार्थी तथा राष्ट्रपतिको कार्यालयमा पठाउने प्रचलन पनि छ । त्यसरी पठाइएको कपासलाई शिरोपरमा राखी राष्ट्रपति कार्यालयबाट क्षमा पूजा पठाउने परम्परा रहिआएको छ । यसअघि यस्तो कार्य राजदरबारबाट हुने गरिन्थ्यो । हिन्दु धार्मिक मान्यताअनुसार नेपालमा शाहकाल, राणाकालदेखि जब-जब दोलखा भीमसेनलाई पसिना आउँदा राजनीतिक तथा सामाजिक परिवर्तन भएको जनविश्वास रहिआएको छ । (तस्बिरः फाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर