एमालेद्वारा विश्वासको मत दिन ह्विप जारी, कांग्रेसको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक आइतबार दिउँसो १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ। बैठकमा ओली सरकारलाई विश्वासको मत दिन ह्विप जारी गर्ने छ। भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने संघीय संसद सचिवालयले कार्यसूची तय गरेको छ।
यसैगरी नेकपा एमालेले भोलि आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ । भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएकोले एमालेले आफ्ना सांसदहरुलाई ह्विप जारी मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर