न्यूरोडका स्थानीय वासिन्दाले मेयर बालेन साहको पुत्ला दहन

काठमाडौं । न्युरोडमा फुटपाथ विस्तार गर्ने काठमाडौं महानगरपालिकाको योजनाविरुद्ध प्रतिकारमा उत्रिएका स्थानीय रातभर जाग्राम बसेका छ र न्यूरोडका स्थानीय वासिन्दाले मेयर बालेन साहको पुत्ला दहन गरेका छन्। महानगरले रातको समयमा सडक खन्न सक्ने भन्दै उनीहरुले सडकमै रातभर धर्नामा बसेका हुन् । प्रदर्शनकारीहरुले वडा नम्बर २३ को जुद्ध शालिक हुँदै धर्मपथ सडकखण्डबाट नेपाल बैंक जाने बाटोसम्म राति धर्ना बस्न पाल टाँगेका थिए ।

उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन अन्तरिम आदेश दिएसँगै महानगरले बुधबारदेखि काम सुरु गरेको छ । तर, फुटपाथ विस्तार गर्दा सडक साँघुरो हुने र न्युरोडको इतिहास मेटिने भन्दै २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जनको नेतृत्वमा बिहीबारदेखि प्रदर्शन भइरहेको छ । हिजो शुक्रबार भएको विरोध प्रदर्शनमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल भएको थियो । सो क्रममा स्थानीयहरु महानगरको स्क्याभेटरमाथि चढेर विरोध पुर्‍याएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर