एसीसी महिला क्रिकेट : सम्झना खड्काको अर्धशतक

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा यूएईविरुद्ध नेपालका सम्झना खड्काले अर्धशतक बनाएकी छन्। टस जितेर सुरुमा फिल्ड रोजेको नेपालविरुद्ध पहिला ब्याटिङ गरेको यूएईले दिएको ११६ रनको लक्ष्य पछ्याउनेक्रममा सम्झनाले ३५ बलमा अर्धशतक पूरा गरेकी हुन् । उनले ८ चौकाको मद्दतमा ५० रन बनाइन् । सम्झनाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो अर्धशतक प्रहार गरिन् ।

यूएईले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११५ रन बनाएको थियो। यूएईलाई सस्तैमा समेट्न नेपालका कप्तान इन्दु बर्माले तीन विकेट लिइन् । सबनम राई, कृतिका मरासिनी र कविता जोशीले एक एक विकेट हात पारिन् । यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन् । नेपालले १३ ओभरको समाप्तिमा नेपालले तीन विकेट बनाएर ८७ रन बनाएको छ। क्रिजमा सम्झना र रुबिना क्षेत्री छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर