माइक्रोसफ्टमा समस्या आएपछि उडान अलपत्र

काठमाडौं । प्रविधिमा आएको गडबडीले विश्वभरका उडान, मुख्य बैंक र मिडियामा समस्या आएको छ । अस्ट्रेलियाको जेटस्टार जहाज विमानस्थलमै अलपत्र परेको छ भने सुपरमार्केट र प्रसारण माध्यममा समस्या आएको छ ।

यो समस्या आएपछि अस्ट्रेलिया सबैभन्दा बढी प्रभावित बनेको छ । त्यसैगरी, अमेरिकन एअरलाइन्सले उडान गर्न सकेको छैन । यसको मुख्य कारण पत्ता नलागे पनि धेरैजसो ठाउँमा माइक्रोसफ्टमा समस्या आएको समाचारमा उल्लेख गरिएको छ ।
यसैगरी, न्युजिल्याण्डको अन्तर्राष्ट्रिय विमानस्थल र संसदको कम्युटर प्रणालीमा व्यवधान उत्पन्न भएको छ । सोही समस्याका कारण जापान र भारतका हवाई उडानमा समेत समस्या आएको छ । भारतको नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तलिखित सूचना टाँसिएको छ । त्यसकै आधारमा यात्रुहरूले उडान गर्न थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर