राष्ट्रपति पौडेलद्वारा फ्रान्स ओलम्पिकका खेलाडीको बिदाइ

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन उपयुक्त माध्यम रहेको बताएका छन् । फ्रान्सको पेरिस शहरमा हुने ३३ औं ग्रीष्मकालीन ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाइ कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त धारणा राखेका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा उनले उँचो मनोबल लिएर ओलम्पिकमा जान आग्रह गर्दै विश्वमाझ नेपालको नाम राख्ने अवसरको रूपमा खेलाडीले प्रतिस्पर्धा गर्ने विश्वास व्यक्त गरे । राष्ट्रपति पौडलले दृढ संकल्प र अठोटका नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेमा आफू आशावादी रहेको बताए ।

सो अवसरमा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकका लागि नेपाली टोलीका सेभ दि मिसन  राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङलाई झण्डा हस्तान्तरण गर्दै बिदाइ गरे । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल र नेपालीको शिर उँचो राख्ने उद्देश्यसहित नेपाली टोलीको भावनाअनुरूप खेल्न शुभकामना दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर