प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाईस्वरूप औपचारिक पत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाईस्वरूप औपचारिक पत्र पठाएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार पत्रमा मोदीले दुई देशबीचको सम्बन्धको बारेमा पनि चर्चा गरेका छन् । प्रधानमन्त्री मोदीले विगतमा पनि प्रधानमन्त्री ओलीसँग गरेको सहकार्यको पत्रमा स्मरण पनि गरेका छन् । ओली प्रधानमन्त्रीमा नियुक्त हुनेबित्तिकै सबभन्दा पहिले आफ्नो ट्विटरबाट बधाई दिएका थिए ।
विगतमा ओलीसँग गरेको कामको अनुभवका आधारमा आउने दिनमा दुई देशको विकास र समृद्धिमा मिलेर कार्य गर्ने मोदीले पत्रमा उल्लेख गरेका छन् । मोदीको दुई पन्ने लामो बधाई पत्रमा नेपाल र भारत शदियौँ पुरानो सम्बन्धमा जोडिएको र दुई देशको जनस्तरको सम्बन्ध राम्रो भएको उल्लेख छ । नेपाललाई भारतको छिमेक प्रथम नीतिअन्तर्गत प्राथमिकतामा परेको साझेदार भनेर मोदीले पत्रमा चित्रित गरेका छन् ।

मोदीले ओलीको नेतृत्व र अनुभवको प्रशंसा गर्दै ती गुणको कारण दुई देशका वृहत् क्षेत्रको साझेदारीमा सहयोग पुग्ने आशा पत्रमा जनाएका छन् । दुई देशबीचको गहिरो र प्रगाढ सम्बन्धलाई थप मजबुत बनाउन र जनताको प्रगति तथा समृद्धिको लागि पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न नजिक रहेर काम गर्न तत्पर छौँ,’ मोदीले यसअघि ट्विटरमा उल्लेख गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर