बंगलादेशमा सरकारी टेलिभिजनमा आगजनी

काठमाडौं । आरक्षणको विरोधमा उत्रिएका प्रदर्शनकारीले बंगलादेशको सरकारी टेलिभिजनमा आगजनी गरेका छन् । प्रदर्शनकारीले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका हुन् । प्रदर्शनकारीहरूले टिभी परिसरमा आक्रमण गर्दै कम्तीमा ६० सवारीसाधन र एउटा कार्यालय भवनमा आगो लगाएका छन् ।

प्रदर्शनकारीले प्रहरी चौकीमा आगो लगाउने क्रममा प्रहरीले गोली चलाएपछि प्रदर्शनकारी थप आक्रोशित भएका थिए । आक्रोशित भिडले प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि केही प्रहरी अधिकारी टेलिभिजनको कार्यालयमा शरण लिन गएका थिए ।

प्रहरी अधिकारीलाई पछ्याउदै प्रदर्शनकारी बिटीभीको कार्यालय पुगेका हुन् । निजामती सेवामा सुधार र सरकारले अघि सारेको आरक्षणको व्यवस्था खारेजीको मागसहित बंगलादेशमा विद्यार्थीहरु केही दिन यता आन्दोलनमा छन् । विद्यार्थीहरूको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ । अहिलेसम्म भएका झडपमा ३९ जनाको मृत्यु भइसकेको एएफपीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर