महिला एसिया कप आजदेखि सुरु हुँदै, नेपालले युएईको सामना गर्दै

काठमाडौं ।  महिला एसिया कप आजदेखि सुरु हुँदैछ । जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने महिला एसिया कपमा एशिया ८ देशले भाग र्लिएका छन् । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्ड एसिया कप खेल्दै छन् ।

एसिया कपमा नेपाल समूह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समूह ए मा रहेको छ भने समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । नेपालले आफ्नो पहिलो खेल एसिया कपको उदघाटनकै दिन आज युएईविरुद्ध खेल्दैछ । यो खेल नेपाली समयअनुसार अपराह्न २ः १५ बजेदेखि सुरु हुनेछ । त्यस्तै आज अर्को खेल समूह ए कै भारत र पाकिस्तानबीच हुनेछ । यो खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजे हुनेछ । नेपालले दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ ।

एसिया कप खेल्ने नेपाली टिम

इन्दु वर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, पूजा महतो, डोली भट्ट, विन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर