चीनमा आगलागीबाट ६ जनाको मृत्यु

काठमाडौं । चीनको सिचुआन प्रान्तको जिगोङ शहरस्थित एक ब्यापारिक भवनमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । लामो समयको उद्धारपछि ३० भन्दा बढीलाई सुरक्षित तवरले निकालिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । १४ तले भवनमा लागेको आगो नियन्त्रणमा आइसकेको छ ।

भवनमा लागेको आगोको दृश्य विभिन्‍न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राखिएको छ । भवनको माथिबाट बाक्लो कालो धुवाँ उडिरहेको दृश्य देखिएको छ । औद्योगिक राष्ट्र चीनमा आगलागीका घटनाहरु बारम्बार हुने गरेका छन् । यसअघि गत जनवरीमा पनि भीषण आगलागी भएको थियो । सो आगलागीमा मात्र ३९ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर